२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतीय दूताबासद्धारा नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री प्रदान

आइतवार , कार्तिक १२, २०८०

 

काठमाडौँ, कात्तिक । भारतीय राजदूतावास काठमाडौंले हालै कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुका लागि दूूतावासमा स्वागत समारोहको आयोजना गर्यो ।

उत्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूतश्री नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष श्री चतुरबहादुर चन्द र संघका सचिव श्री पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरे ।  

ती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहार स्वरुप प्रदान गरे । 

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरे । उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपाल बीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए । उनले यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए । 

नेपाल क्रिकेट संघका अध्यक्ष श्री चतुरबहादुर चन्द , संघका सचिव श्री पारस खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक श्री मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरे । उनीहरुले क्रिकेट सामाग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट संघबीच सहकार्य यात्राको सुरुवात भएको बताए । 

भारतीय दूतावास, काठमाडौंले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई  बस उपलब्ध गराउनुका साथै  बी.पी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार