२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गणेश अधिकारीको देउन राधा देउले दर्शकको मन जित्दै, कमायो यति दर्शक (भिडियोसहित)

मंगलवार , चैत्र ४, २०७६

मोडल कुसुम गाह मगरको प्रस्तुति र अभिनयमा रहेको देउन राधा देउको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । भिडियोमा गाह मगर लाई आशिर प्रताप जंग ले साथ दिएका छन।

उक्त गीतमा चर्चित गायिका देवि घर्ती मगर र गायक गणेश अधिकारीको सुमधुर स्वरले भरिएको छ भने बिनोद बाजुरालिको एरेञ्ज, खडक बाजुराली को मिक्सिङ रहेको गित माला श्री स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो लाई सिनेग्राफी राजेश घिमिरे ले खिचेको थियो भने स्मृति तिमिल्सिनाको निर्देशन र अमृत चौलागाईं ले इडिट गरेको हो ।यो गीत लाई योङ्गसान डिजिटल को युटुव च्यानल बाट आज सार्वजनिक गरिएको छ ।

मोडल कुसुम गाह मगर गीत संगीत क्षेत्रमा लामो समय मलेसिया बसाईको क्रममा केही म्युजिक भिडियोमा अभिनय गरेकी थिईन भने केही समय अगाडि जन्म भुमी नेपाल फर्किए लगत्तै देउन राधा देउ बोलको  म्युजिक भिडियो बजारमा  लिएर आएकी छिन। 

गीतले दर्शक स्रोताको मन जितेको छ । यो समाचार तया पार्दासम्म ७७ हजार बढी पटक हेरिएको छ ।

https://www.youtube.com/watch?v=I11pQfkH4Gg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार