मन भरिएर पोखिने गर्छन्
आँसु आँखाबाट
ती आँसुको मूल्य
उसलाई मात्र थाहा हुन्छ
जसले उसको मनसँग
मन जोडेको हुन्छ !
त्यति सजिलै आँसु निकाल्न
सकिने कहाँ होर
मनले मन छोएको ठाउँमा
कतै धक्का पुग्यो भने
त छचल्किने हुन् आँसु
प्रेमको प्रतिकमा !
आँसुको भाव बुझ्न
सक्ने मन नै प्रेमिल मन हो
मनले ओकल्न
नसकेका कुराहरू
आँखाको भावबाट पनि
प्रस्फुटित हुन सक्छन् !
वास्तवमा जहाँ
आँसुको मूल्य हुँदैन
त्यहाँ मनले आफै थाहा पाउँछ
आँखालाई संयम हुन मनैले साथ दिन्छ
र त बिशेष ठाउँमा मात्र
आँसु झर्ने गर्छन् जहाँ कदर हुन्छ !
फेसबुकबाट