२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 २१० औँ भानु जयन्ती 

'भानुभक्तले समाजलाई भाषिक एकतामा आबद्ध गराए' :  अध्यक्ष ओली

शुक्रवार , आषाढ २९, २०८०


काठमाडौँ, असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताएका छन ।  

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज २१०औँ भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उनले भानुभक्त आचार्यले रामायण महाकाव्यबाट नेपाली समाजलाई असाधारण हिसाबले भाषिक एकतामा आबद्ध गराएको बताए ।  

उनले नेपाली जनतालाई भाषिक एकतामा ल्याएर मुलुकको एकीकरणमा पनि भानुभक्तले योगदान पु¥याएको बताए ।  

“उनको योगदान कुनै पनि कुराले कमजोर हुन सक्दैन । उनको योगदानलाई अवमूल्यङ्कन गर्न सक्दैनौँ । उनको मूल्याङकनलाई घटाएर हेर्न सक्दैनौँ”,उनले भने ।  

नेपाली भाषामा रामायणमा उल्लेख गरिएको भक्तिरसका कृतिबाट सांस्कृतिक उत्थानका लागि मद्दत पु¥याएको उनको भनाइ थियो । 

अध्यक्ष ओलीले भानुभक्तका रचनामा प्रगतिशीलता, समाज सुधारको उद्घोष, आह्वानजस्ता कुरा नभए पनि रामायण काव्यको प्रभावले भानुभक्तले नेपाली समाजलाई जगाउने गुण लगाएको बताए । 

उनले भक्तिरसतर्फ समाजलाई डो¥याउने कुराले गर्दा अहिले राज्य कमजोर भएको बेला भक्तिरस र नैतिक रस हराएको बताए ।  

भानुभक्तका रचनामा समाजलाई मूल्यमान्यता, थिति, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिएको उनको धारणा थियो ।  

बधुशिक्षाजस्ता काव्यको रचना गर्नु भानुभक्त आचार्यका लागि शोभनीय नभएको भन्दै उनले भानुभक्तका अरु कतिपय कृति पनि त्यति भाषाशैलीका हिसाबले भानुभक्तलाई सुहाउने किसिमको नभएको बताए ।  

“भानुभक्तका रचनाको विश्लेषण गर्दा समाजका प्रचलित कुरालाई बोकेर समाजलाई परितर्वन गर्न सकिँदैन । 

भानुभक्तका रचनामा समाज परिवर्तनका अग्रगामी सन्देश त्यति पाइँदैन”, उनले भने, “यथास्थितिका काव्य पाइन्छन । परिवर्तनका सन्देश, सुधारका सन्देश त्यति पाइँदैन । असन्तुष्टि, पीडा छ । विद्रोह कम छ ।”

अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था र आवश्यकता आएको बताए ।  

कार्यक्रममा अनेमसङ्घका अध्यक्ष टुका हमालले भानुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार