२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान; : घोषणा गर्यो पुरस्कार

शनिवार , आषाढ ९, २०८०

 

काठमाडौँ, असार । जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले वर्ष २०७९ को ‘धर्मराज सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार’ र ‘धर्मराज सावित्री थापा लोक गीतसङ्गीत पुरस्कार’ घोषणा गरेको छ । 

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा आज बसको बैठकले पुरस्कार कवि थापाको जन्मजयन्तीको सन्दर्भ पारेर साउन १ गते प्रदान गर्ने निर्णय गरेको छ । 

संस्कृतिविद्÷साहित्यकार तेजेश्वरबाबु ग्वङ्गः लाई रु ५० हजार नगद राशिसहित ‘धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार’ र लोकगायक बमबहादुर कार्की तथा लोकगायिका शिवा आलेलाई रु २५ हजार नगद राशि तथा सम्मानपत्रसहित ‘धर्मराज सावित्री थापा लोक गीतसङ्गीत पुरस्कार’ मार्फत पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए । 

उनले भने, “हामीले लोक संस्कृति साहित्य र सङ्गीतलाई समेटेर पुरस्कार प्रदान गर्ने गरेका छौँ । समयानुकूल परिवर्तन पनि गरिरहेका छौँ ।”

विसं २०५२ मा स्थापित यस प्रतिष्ठानले विसं २०७१ सम्म धर्मराज–सावित्री थापा लोक वाङ्गमय पुरस्कार प्रदान गर्ने गर्दथ्यो । त्यसपछिका वर्षहरूमा लोक संस्कृति साहित्य र सङ्गीत गरी दुई विधामा पुरस्कार प्रदान गर्न थालेको हो । 

विसं १९८१ मा जन्मिनुभएका जनकवि थापाको विसं २०७१ मा निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार