२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौँ महानगरले  भन्यो 

संसदीय क्षेत्र विकास कार्यक्रम : " पूर्वस्वीकृति नलिएका योजना  कार्यान्वयन गर्न नदिने "

बुधवार , आषाढ ६, २०८०

काठमाडौँ, असार । काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् आउने योजना कार्यान्वयन गर्न नदिने भएको छ ।

महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार २०८०/ ०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुने उल्लेख गरेका हुन् ।

विगतमा रोकिएको कार्यक्रम यरवर्षबाट सरकारले फेरी ल्याएपछि महानगरले त्यस्ता कार्यक्रममा आफ्नो भूमिका खोजेको हो । सांसदहरुले मनलाग्दी छनौट गरेको अवस्थामा मान्य नहुने मेयर शाहले पेस गरेको नीति तथा कार्यक्रममा छ ।'

संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिनेव्यवस्था गरिनेछु नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

त्यस्तै साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिनेछ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीका लागि लकरको व्यवस्था गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार