२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आफ्नै फिल्म :आफ्नै ट्रेलर

शुक्रवार , बैशाख २९, २०८०

 
 
साउण्ड !
लाइट !!
क्यामरा !
एक्सन !!!!
डाइरेक्टरले बोले। उनको बोलीमा रबाफ त थियो नै।
टाउकोमा प्रचलित "टोप"(ह्याट) समेत थियो। अनि पात्रले फटाफट अमरेश शैलीमा लुगा खोल्दै भने:"जसको शरीरमा कुकृत्यको दाग थियो वा दुस्कर्मको घाउ थियो, त्यसैलाई छोप्न लुगाको आबिस्कार गरेको हुनुपर्छ।"
कट!कट!! कट!!! डाइरेक्टरले खुशी हुँदै ताली बजाए।
यसपछि सुटिङस्थलमा रहेका पत्रकारहरुले सोधे:"फिल्मको नाम के हो नि डाइरेक्टर साप?"
"कता हरायो टोपबहादुर ?" डाइरेक्टरले भने।
उनको कुरो सुनेर एक पत्रकारले भने:"टोप त डाइरेक्टर सापको
टाउकोमा नै छ नि।" गलल्ल हासे सबै।
हो,अहिले यत्र तत्र यसरी बन्न लागेको फिल्म र ट्रेलरको चर्चा छ। विभिन्न निर्देशकहरुले आआफ्ना स्वार्थमा लुकाइएका
सन्निकट खलनायकहरुलाई खोज्दैछ -कथाले।
नक्सालमा मात्र नभएर मौसममा समेत आएको बसन्त ऋतुले
छुट्ट्याउदैछ-काग र कोइलीको विभेद।
यस्तै मेसोमा भेट भयो-प्रिय र पुराना डाइरेक्टर दयाराम दाहालसग अन्नपूर्ण न्यूरो हस्पिटलमा।
जम्काभेटमा एक अर्कालाई देखेर अवाक बन्यौ हामी ।
दुबैको खाइलाग्दो शरीर हामीसग थिएन।
केहीबेर रोगका कुरा भए। अनि मुद्दा मामिला,घर परिबार,पीडा र ब्यथामा द्रबिभूत भयौ हामी।
मान्छेका गीत लेख्ने ,सामाजिक न्यायको कथा सम्बाद कोर्ने अनि साहित्य -सिनेमाका सर्जकहरुको मर्म कसरी "शरणार्थी "
बन्दोरहेछ? हामीले यस्तै भलाकुसारी गर्यौ।
बिग्रीएका बद्रीहरुलाई सही बाटो देखाउने दयाराम अचेल कहाँ
पाइयोस् ।
ठूल्दाइ मर्मको स्नेह ओझेलमा छ।
मारामार छ-जहीतही कमाउ धन्दा।
लुटपाट र टापटिपे ।हाट्टहुट्ट र पिट्टपाटमा ब्यस्तछन माहशयहरु।
जसको मान छैन उहीँ माननीय?
जो लाचार र कायर कर्म गर्छ उहीँ बहादुर ?
"तपाईं ठिक हुनुस ।म पनि तङ्ग्रीदैछु। अब हामी फेरि फिल्म बनायौ।"मैले भने।
"हाम्रै भोगाइ कहाँ फिल्म भन्दा कम छ र।"दयारामजीले भन्नुभयो ।
साभार : फेसबुक

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार