काठमाडौं, फागुन । लोक तथा दोहोरी गायक, सर्जक गणेश अधिकारीको ‘शास्त्र’ भर्खरैमात्र सार्वजनिक भएको छ । गायक अधिकारी र कलपना घर्तीको शब्द तथा अधिकारीकै संगीत रहेको शास्त्रमा अधिकारीसंग गायिका विष्णु माझीको आवाज रहेको छ ।
मन र धन हुनेबिचको दुरि र बिचारलाई कथामा उतार्न खोजिएको गीतमा सहोदर दाजुभाईबिचमापनि धनले फाटो ल्याउछ भन्ने कुरालाई चित्रण गर्न खोजिएको छ ।
गीतमा कलाकार आशिर प्रताप जंग, सारिका केसी, गायक स्वय्र अधिकारी र सानी परियारको अभियन रहेको छ । गीतको निर्देशन कपिल लामाले गरेका हुन भने गीतलाई योग्शना डिजिटल म्युजिक प्रालिको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।