२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कृषिमा जैविक क्रान्ति

कृषि प्रणालीमा – ‘वैदिक पञ्चामृत’ : “स्वास्थ्यबर्दक र उत्पादन बृद्धिमा छलाङ ”

बुधवार , फाल्गुण २४, २०७९

काठमाडौँ, फागुुन । बढ्दो रासायनिक मल र बिषादीको प्रयोगले कृषिजन्य उत्पादनमा आएको ह्रासलाई न्यूनीकरण गर्न -“जैविक पञ्चामृत” को प्रयोग गरेर खेती प्रबिधि प्रयोगमा आएको छ । पुरानो नेपालको जैविक प्रविधिबाट तयार गरिएको  “वैदिक पञ्चामृत” नामक  आयुर्वेदीय पद्धतिबाट बनेको औषधिको उपयोग गरेर खेती प्रणालीको थालनी गरिएको छ । 

यो नेपालमा मात्रै प्रयोगमा आएको प्राकृतिक बनस्पतिजन्य जैविक मल  तथा बिषादी हो  । यसले हाम्रो खेती प्रणालीमा मल तथा बिषादीको काम गर्छ । यो खेती प्रणालीमा प्रयोग गरिने रासायनिक मल तथा बिषादीलाई बिस्थापित गरेको छ ।ललितपुरको टिकाथलीका कृषक आनन्द नगरकोटीले आफ्नो खेतीमा वैदिक पञ्चामृतको प्रयोग गरी खेती गर्न थालेपछि उत्पादनमा आएको असाधारण परिबर्तनले उनी दंग छन । 

कृषक नगरकोटीले आफ्ना खेती अर्थात कृषिजन्य बस्तुको उत्पादनमा आएको  परिवर्तनले खुसी हुँदै भने, 'पहिला कस्तो होला भनेर वैदिक पञ्चामृतको प्रयोग गरेको उत्पादनमा बृद्धि भयो ।'

उनले उक्त पञ्चामृतको प्रयोग गरेर तरकारी तथा  गाई, कुखुरा तथा माछपालन गर्दै आएका छन ।  उनले बैदिक पञ्चामृत प्रयोग गरेर लगाएको काउलीको बोट देखाउँदै भने, पहिला २ केजीको फलाउन कठिन हुने  अहिले ५ के जी  तौलसम्मको भयो ।  

उनले थपे, बीउँका लागि लगाएको बाउलीको बोटबारे अचम्मित मान्दै भने, अहिलेसम्म बाउलकिो बोट यति सप्रको र ठूलो देखेको थिएन, उचाई बरिव चार फिट र करिव १७ फिटक गोलाकार रहेको बोट छ , यसबाट झण्डै ५००  ग्राम बीउ आउँछ , त्यो भनेको एकैबोटबाट झण्डै ५० हजार  आउँछ ।   

यो तरकारी शुद्ध अर्गानिक हो । उनले यही पञ्चामृत खुवाएर पालेको कुखुरा  ३५ दिनमा नै करिव ३ केजी तौलसम्मको भयो र यस कुखुराको मासुको स्वाद स्थानीय जातको जस्तै स्वादिलो र स्वास्थ्यबद्र्धक छ ।  

भिडियो

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार