२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्रीलंकाको समुन्द्रमा बर्थ डे मनाउदै ज्याकलिन, यस्तो अवस्थामा देखीन ज्याकलिन

आइतवार , श्रावण २६, २०७६

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी देखिइन् । उनले समुन्द्री किनारमा स्विमसुटमा बोल्ड तस्वीर समेत खिचाएकी छिन् । नायिका फर्नान्डेजको बलिउडमा राम्रो क्रेज छ । उनले विशेषगरि नायक सलमान खानसँग जोडी बाँधेर काम गरेका चलचित्र बक्स अफिसमा हिट छन् । ज्याकलिनले आफूलाई श्रीलंकाको समुन्द्र खुबै मनपर्ने भएकाले पनि केक काट्न सो स्थानलाई रोजेको बताइन् । श्रीलंकाकी सुन्दरीलाई बलिउडका चर्चित कलाकारहरुले पनि शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार