२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जनता समाजवादी पार्टी

मधेश प्रदेश : 'दुई स्वतन्त्र प्रदेशसभा सदस्य साह र जैसवाल जसपामा प्रवेश'

सत्ता सहकार्यबारे जसपा -  जनमत पार्टीबीच छलफल

आइतवार , माघ ८, २०७९


धनुषा, माघ । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन । 
महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन ।  दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन ।  
उनका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहनुभएकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना भएका छन । 

सत्ता सहकार्यबारे जसपा  जनमत पार्टीबीच छलफल
सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच आज छलफल भएको छ । मधेस प्रदेशमा सहकार्य लगायतका विषयमा जनमत पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको हो । 
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरूले बालकमारीस्थिज जसपाको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग छलफल भएको सो पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिएका छन । 
सो भेटमा मधेस सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि गठबन्धन बनाउने विषयमा नेताहरूबीच कुराकानी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार