२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

टापु राष्ट्रसँगको सम्बन्ध प्राथमिकतामा 

बाइडेन प्रशासन  : " एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै "

'अमेरिका–चीन सम्बन्धमा सन्तुलन कायम गर्नु वासिङ्टनको चाहना '

शनिवार , पौष ३०, २०७९


वासिङ्टन,  पुस ।  एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।  
मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले पारस्परिक सहयोग सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 
प्रशान्त महासागरका टापु देशमा आर्थिक, कूटनीतिक एवम् सैन्य प्रभाव विस्तार गर्दै अमेरिका–चीन सम्बन्धमा सन्तुलन कायम गर्नु वासिङ्टनको चाहना हो । 
आगामी दुई दशकका लागि अमेरिकाले मार्सल आइल्याण्ड र पलाउसँग गरेका सम्झौताबाट उसका सैन्य र अन्य सुरक्षा अधिकार सुनिश्चित भएका छन् । 
हिन्द– प्रशान्त क्षेत्रमा आर्थिक एवम् प्राविधिक विकासका गतिविधिमा सहयोगी देशलाई सघाउँदै कम्प्याक्ट्स अफ फ्रि एसोसिएसनमार्फत विकासका दीर्घकालीन परियोजना सञ्चालन गर्न अमेरिकाले ७० करोड डलर उपलव्ध गराउने छ । 
यद्यपि कम्प्याक्टका आर्थिक पक्षलाई अमेरिकी संसद्ले अनुमोदन गर्न बाँकी छ । लाभग्राही देशलाई पनि कम्प्याक्ट कार्यान्वयन बाध्यकारी हुने छैन । 
सहायता सम्झौतालाई निष्कर्षमा पु¥याउन वार्ताको नेतृत्व गरेका राष्ट्रपति बाइडेनका विशेष दूत जो युनले अबका सहायता रकम विगतमा अमेरिकाले उपलब्ध गराएको भन्दा अधिक हुने बताएका छन ।  रासस / एपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार