२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश :  सरकार गठनका लागि आह्वान

बिहिवार , पौष २१, २०७९


बागमती, पुस । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन ।  
प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पाँच दिनको समय दिएका छन ।  
उनले यही पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 
प्रदेशसभामा प्रतिनिधत्व रहने कूल  ११० सदस्यमध्ये नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एस) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार