२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कर्णाली प्रदेशसभा : नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

सोमवार , पौष ११, २०७९


कर्णली, पुस । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन ।  कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले निर्वाचित अन्य सदस्यहरूलाई शपथ गराए । 
छैसठ्ठी वर्षीय ज्येष्ठ सदस्य शाहलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आजै शपथ ग्रहण गराएका थिए ।  उनले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म सभामुख भएर अध्यक्षता ग्रहण गर्ने  जनाइएको छ । 
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक÷एक र एक स्वतन्त्र गरी ४० प्रदेशसभा सदस्य रहेका छन् । तीमध्ये २४ प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार