२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाडो मौसममा तराई

बिज्ञ भन्छन  : 'दिउँसोमा अधिकतम तापक्रम घट्दा तराईमा धेरै हुस्सु '

शनिवार , पौष ९, २०७९


काठमाडौँ,  पुस ।  सन् १९९० को दशकपछि तराईमा हुस्सु लाग्ने क्रम समेत बढेर गएको देखिने विज्ञहरू बताउँछन्। तापक्रमका प्रवृत्ति हेर्दा तराईका जिल्लामा भने दिउँसोमा हुने अधिकतम तापक्रम हिउँदमा घटेको देखिन्छ, विज्ञ इन्दिरा कँडेल  बताउँछिन । 

त्यो भनेको त्यहाँ दिउँसो पनि घाम लागेको छैन र हुस्सु बढिरहेको पाइन्छ। तर यस वर्षको हिउँद कति समय रहन्छ भन्ने अवधिको आकलन गरेर निकालिएको जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा नेपालभरि अधिकतम तापक्रम सरदरभन्दा बढी हुने जनाइएको थियो। 

बीबीसीका अनुसार, पछिल्ला हिउँदे वर्षाको समग्र प्रवृत्ति हेर्दा पश्चिम नेपालमा पानी पर्ने क्रम घट्दो र अधिकतम तापक्रम बढ्दो देखिएको कँडेल बताउँछिन्। विसं २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७।१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।
नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडो याममा हुने वर्षालाई तुलना गरिन्छ।  जस अनुसार झन्डै ६० मिलिमिटर वर्षालाई हिउँदमा सरदर वर्षा मानिन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार