२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मधेशी आयोगले सोध्यो  : ' सिके राउतको शपथबारे संसद् सचिवालयलाई स्पष्टीकरण '

शुक्रवार , पौष ८, २०७९


काठमाडौं,  पुस । नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । 
भाषा आयोगबाट प्रकाशित 'सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू - २०७८,  र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।
आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिएका थिए । राउत लगायतका सांसदको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार