२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपतिका कदमबारे संसदकाे चासाे

कांग्रेस महामन्त्री थापाले भने : "राष्ट्रपतिको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्छ" 

'संसद्ले पास गरिसकेको विधेयक राष्ट्रपतिले आफ्नो मनका आधारमा ठीक वा बेठीक भन्नुले सांसदको अधिकार खोसिएको छ'

बिहिवार , पौष ७, २०७९


काठमाडौँ,  पुस । बर्तमान राष्ट्रपतिले संबिधानले गरेको ब्यवस्था बिपरितको आचरण देखाएकाबारे  बिश्लेषण गर्दै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको भूमिकाबारे संसद्‌मा छलफल  गरिनुपर्ने बताएका छन । 
नवनिर्बाचित सांसदहरुको  आज भएको शपथ ग्रहणपछि  महामन्त्री थापाले सञ्चारकर्मीसँगको कुराकानी गर्दै भने,  'संसद्ले पास गरिसकेको विधेयक राष्ट्रपतिले आफ्नो मनका आधारमा ठीक वा बेठीक भन्नुले सांसदको अधिकार नै खोसिएको छ ।'
उनले भने, 'नागरिकता विधेयकबारे संसद्को प्रारम्भमै छलफल हुनुपर्छ । संसद्ले पास गरिसकेको विधेयकलाई राष्ट्रपतिले मनको आधारमा ठीक वा बेठीक भनेमा संविधानले पार्लियामेन्टलाई दिएको अधिकार नै रहन्न,'  उनले भने,  'राष्ट्रपतिलाई दिएको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्छ ।'
यसका साथै सांसद्‍हरुको ज्ञानको दायरा बढाउन संसद्‌मा पुस्तकालयको व्यवस्था गर्नुपर्ने उनले बताएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार