२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेप्से परिसूचक  :  आज झिनो अङ्कले सुधार 

सोमवार , पौष ४, २०७९


काठमाडौँ,  पुस  ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठसय ५८ दशमलव ८९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६३ दशमलव ९७ मा पुगेको छ । 
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।कूल  २५१ कम्पनीको २६ लाख ९९ हजार तीन सय ३१ कित्ता शेयर रु ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ । 
सो बैंकको शेयर रु छ करोड ९३ लाख ४३ हजार एक सय तीन मूल्यमा कारोबार भयो । फरवार्ड माइक्रोफाइनान्स रु पाँच करोड ४९ लाख ४२ हजार नौ सय ८१, हिमालयन डिस्टिलरी रु चार करोड २७ लाख ९० हजार तीन सय ९४, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७६ लाख ६४ हजार आठ सय ५९ र पिपल्स हाइड्रोपावरको रु तीन करोड २८ लाख १८ हजार चार सय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त छ दशमलव शून्य आठ, सिवाइसी नेपाल लघुवित्त पाँच दशमलव ९८, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ९० र रिलायन्स फाइनान्सका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रोपावर सात दशमलव ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो सात दशमलव ७२, फरवार्ड माइक्रोफाइनान्स छ दशमलव ७६, पिपल्स हाइड्रोपावर छ दशमलव शून्य चार र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार