२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

कांग्रेसका समानुपातिक :" ३२ नाम सिफारिश, को - को बने त सांसद ? " सूचीे हेरौँ

शनिवार , मंसिर २४, २०७९


काठमाडौँ, मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । 
प्रधानमन्त्रीको सरकार निवासमा जारी पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खस आर्यतर्फ पुरुषमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि चयन भएका छन् । आयोगले निर्वाचित गरेपछि मात्रै सांसदको टुंगो लाग्नेछ । प्रत्यक्षतर्फ कांग्रेसका ५७ सांसद निर्वाचित भएका थिए ।

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय

२. लिलादेवी बोखिम

३.सिताकुमारी राना

४. सुशीला थिङ

५. सपना राजभण्डारी

६. माया राई

७. कुसुम थापामगर

८. मनोरमा सेरचन

खस आर्यतर्फ

१. अम्बिका बस्नेत

२. सरिता प्रसाईं

३. आरजु राणा देउवा

४. ईश्वरी न्यौपाने

५. प्रतिमा गौतम

६. मञ्जु खाँण

७. रमा कोइराला पौडेल

८. कान्तिका सेजुवाल

९. मैना रावल कार्की

मधेसीतर्फ

१. नागिना यादव

२. मुक्ताकुमारी यादव

३. चन्दा चौधरी

४. संगीता मण्डल

५. निनुकुमारी कर्ण

दलिततर्फ

१.शान्ति विक

२ रुपा विक

३. सीता मिजार

४. आशा विक

थारुतर्फ

१. कल्पना चौधरी

२. विनाकुमारी थनेत

मुस्लिमतर्फबाट

१. जावेदा खातुन् जागा

पुरुष

१.जीवन परियार (दलिततर्फ)

२. विमलेन्द्र निधि (मधेसतर्फ)

३. प्रकाशशरण महत (खस आर्यतर्फ)

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार