२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

बाजुरा : " कांग्रेसका बद्री पाण्डे फराकीले मतले निर्वाचित, एमालेका थापा पराजीत "

आइतवार , मंसिर १८, २०७९

बाजुरा,  मङ्सिर । मंसीर ४ मा सम्पन्न  प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरेर निर्वाचित भएका छन ।

कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले २६ हजार  ३४९ मत प्राप्त गरेकाे  मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।  

पाण्डेले एमालेका थापालाई पाँच हजार ४३७ मतले पराजित गरेका छन ।  राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलो पटक  निर्वाचन जितेका हुन । 

उनी विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार  ७५७  मत खसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार