२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

स्याङ्जा २ : 'कांग्रेसका गुरुङको अग्रता, एमालेकी अर्याल पछयाउँदै'

शनिवार , मंसिर १७, २०७९

काठमाडौं, मंसिर ।  प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  प्रतिनिधि सभातर्फ स्याङ्जा- २ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् । 
नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत छ । गुरुङभन्दा अर्याल २२१३ मत अन्तरले पछि छिन् ।
प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत पाएका छन् । उनीहरुबीच १४२ मतको अन्तर छ ।  प्रदेश सभा १ तर्फ भने नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार