२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्वाचन - २०७९

बाजुरा : 'काग्रेसका पाण्डेको फराकिलो अग्रता निरन्तर, एमालेका थापा पछयाउँदै'

शनिवार , मंसिर १७, २०७९


काठमाडौँ, मंसिर । बाजुरामा जारी मतगणनामा शनिबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेद्वारले निरन्तर  अग्रता लिएका छन ।  प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेको फराकिलो अग्रता निरन्तर छ । 

पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेद्वार कर्णबहादुर थापाले ८ हजार ८५२ मत पाएका छन् । कांग्रेसका पाण्डे एमालेका थापाभन्दा २ हजार २२४ मतले अगाडि छन् ।
प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगासड छन् । शाहीले ५ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार बलदेव रेग्मीले ३ हजार ९२८ मत छ ।
यस्तै, प्रदेश सभा (२) तर्फ कांग्रेस उम्मेदवार पदमबहादुर शाहीको ९ हजार २२ मत पुग्दा एमाले उम्मेदवार लालबहादुर थापाको ७ हजार ४४७ मत छ ।
बाजुरामा कूल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ । प्रदेश (१) मा २० हजार ९९४ र (२) मा २९ हजार १५८ मत खसेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार