काठमाडौँ, मंसिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि छन् ।
केहीबेर अघिसम्मको मत गणना अनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५०२ मत ल्याएकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार १९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक १९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार ५८३ मत गणना भएको छ ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ ।
त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई २ हजार ६५२ मतले पछाडि पारेका छन् । अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार १९५ मत ल्याएका छन् ।