मोरङ, मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना प्रतिस्पर्धात्मक बन्दै गएको छ। इनरुवा नगरपालिकाको भगवती माविमा जारी मतगणनामा सत्ता गठबन्धनतर्फका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निकटतम् प्रतिस्पर्धी जगदीश कुसियैतविरुद्ध ३१ मतको अग्रता बनाएका छन्।
नेपाली कांग्रेसका नेता कार्कीले हालसम्म ३० हजार १७० मत हासिल गरेका छन्। प्रदेश १ का पूर्वमन्त्री तथा नेकपा एमालेका उम्मदेवार कुसियैतले ३० हजार १३९ मत पाएका छन्।
हाल बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० को मतगणना भइरहेको छ। १ लाख २८ हजार ६५ मतदाता रहेको सुनसरी क्षेत्र ४ मा ८० हजार ९ ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।