२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन - २०७९

समानुपातिक तर्फको मतगणना :  " एक करोड २ लाख सकियो, कुन दलले कति ल्याए  ?"

बिहिवार , मंसिर १५, २०७९

 

काठमाडौँ, मंसिर । प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ८ः५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ।

यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार