२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

स्याङ्जा–२ : " कांग्रेसका गुरुङको अग्रता, मतगणना जारी "

बिहिवार , मंसिर १५, २०७९


काठमाडौं, मंसीर ।  स्याङ्जा क्षेत्र नं २  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अगाडि लागेका छन् ।   उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई  ६५४ मतान्तरले पछि पारेका छन ।  
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार अर्यालले तीन हजार २४७ मत प्राप्त गरेकी छन ।   स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । 
हालसम्म  गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६,  ७ र ८ को मतगणना सकिएको छ । 
यसैगरी क्षेत्र नं २ ९१० मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गर्नुभएको छ । एमालेका मोहन रेग्मीले तीन हजार  ३२९ मत प्राप्त गरेकबो निर्वाचन अधिकृत शर्माले जानकारी दिएका छन । 
दुवैबीचको मतान्तर ७५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार