२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

स्याङ्जा सर्बदलीय बैठक निर्णय  :' रोकिएको मतगणना राति ९ बजेदेखि जारी '

बुधवार , मंसिर १४, २०७९


काठमाडौं, मंसिर । १० दिनखेखि रोकिएको  स्याङ्जा २ को मतणना आज, बुधबार,  राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेले चुनाव परिणाम बिथोल्न  विभिन्न केन्द्रमा बुथ कब्जा भएको  बहाना देखाउँदै पुनः मतदानको माग गरेको थियो । 

नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार