२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गजल 

बुधवार , मंसिर १४, २०७९

 
 
अचेलको राजनीति भिर लाग्न थाल्यो
जिउभरि रोपिएको झिर लाग्न थाल्यो
 
कहिले मित्र च्यातिइन्छ कहिले दाजुभाइ
काटिँदैछ मेरो देशको शिर लाग्न थाल्यो
 
न छ टेक्ने आधार भूमि, लाछिएर हाँगो
भइन्छ कि फिरन्ते , फकिर लाग्न थाल्यो
 
आफन्त नै आपसमा टुक्रिएको देख्दा
आफैँलाई ताकिएको तीर लाग्न थाल्यो
 
पुर्खाले आर्जिएको इतिहाँस जम्मै
बेची खाने हौँ कि भन्ने, पिर लाग्न थाल्यो
 
बेलबारी,मोरङ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार