२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

समानुपातिकतर्फको मतगणना : " एक कराेड गनियो, कुन दलको कति ?

सोमवार , मंसिर १२, २०७९



काठमाडौँ, मंसिर । समानुपातिक प्रणालीतर्फ हालसम्म ९४ लाखभन्दा बढी मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार बेलुकासम्म ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा नेकपा एमाले पहिलो स्थानमा कायमै छ।
एमालेले हालसम्म २५ लाख ६० हजार ९३९ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख २८ हजार ८८४ मत पाएको छ।तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ८६ हजार २२२ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ६७ हजार ५८६ मत छ।
यस्तै, ५ लाख ४८ हजार १५३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ भने जनता समाजवादी पार्टीले ३ लाख ४१ हजार २७२ मत पाएको छ। यस्तै जनमत पार्टीले २ लाख ८४ हजार ८२८ मत पाउँदा नेकपा एकीकृत समाजवादीको २ लाख ६१ हजार ७१० मत छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार