२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

नुवाकोट  २ :  'कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित, एमाले तेस्रो'

शनिवार , मंसिर १०, २०७९

काठमाडौं, मंसिर । मंसिर ४ मा सम्पन्न  नुवाकोटको क्षेत्र नम्बर २  प्रतिनिधि सभा सदस्य निर्बाचनमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी बिजयी भएका छन । 
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए । 
एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार