काठमाडौँ, मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।