२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

  बिजयीपछि गगन थापाले भने : " जनताले स्थिर सरकार र नयाँ चालक खोजेका छन् " 

मंगलवार , मंसिर ६, २०७९


काठमाडौँ, मंसिर । मंसिर ४ गते सम्पन्न  प्रतिनिधि सभा सदस्यका उमेद्वार  नेपाली कांग्रेसका गगन थापा बिजयी भएका छन ।  निर्बाचन पश्चात उनले  भने,  अहिलेको चुनावी परिणाममा देशमा नयाँ सरकार मात्रै नभएर नयाँ चालकसहितको सरकारको अपेक्षा  गरेकाा छन ।  काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै महामन्त्री थापाले  थपे, अहिलेको अवस्थामा मुलुकलाई हाँक्न सक्ने नयाँ चालक नेपाली कांग्रेसले मात्रै दिन सक्नसक्छ ।
‘अहिलेको मतपरिणामलाई हेरेर हामी भन्न सक्छौँ, नेपाली जनताले स्थिर सरकार मात्रै खोजेको होइन, अब नेपाललाई हाक्ने नयाँ चालक पनि खोजिरहेका छन् । यो नयाँ चालक पनि आजको दिनमा कसैले दिन सक्दछ भने त्यो नेपाली कांग्रेसले मात्रै दिनसक्छ,’ उनले भने, ‘यो निर्वाचनसँगै पार्टीभित्र यो विषयमा बहस र छलफल सुरु भइसकेको छ । 
विशेषगरी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आउदै गर्नुभएका साथीहरूलाई म यसबारेमा बहस र छलफल गर्न आग्रह गर्दछु ।’ चुनाव अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीकोरुपमा प्रस्तुत गरेका नेता थापाले चुनाव जितेलगत्तै अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा जुट्ने बताए ।

‘देशभरिको चुनावी परिणाम आउनेक्रम छ, समानुपातिकको पनि परिणाम आउँदैछ, अहिले नै बोल्नु हतारो हुन्छ । तर, मैले भन्दै आएको कुरा के हो भने यसपटक मतदाताहरूले विश्वासको मत मात्रै व्यक्त गर्नुभएको छैन, त्यसमा आक्रोस पनि मिसिएको छ,’ उनले भने, ‘निर्वाचन भयो, संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो । यसबाट आममानिस खुसी छन् । तर, संविधानमा गरिएका बाचाहरू पूरा हुन सकेका छैनन् । त्यसमा उनीहरू आक्रोसित पनि छन् । यो चुनावमा मतदाताले आफ्ना आकांक्षा पूरा गर्न सक्ने नयाँ सरकार खोजेका छन् ।’

महामन्त्री थापाले भने,  चुनावको प्रारम्भिक परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्नेमा विश्वस्त  छौँ,  ‘हाम्रो गठबन्धनले बहुमत प्राप्त गर्छ, हाम्रो सरकार बन्छ, यो सरकार बनिसकेपछि यो सरकारले संवैधानिक हिसावले ५ वर्षको समय त पाउँछ, तर व्यवहारिक हिसावले सरकारले पाउने समय ५ महिना मात्रै हो,’ उनले भने, ‘सरकारले हरक दिन र रातलाई एक गरेर हिजोभन्दा आज, आजभन्दा भोलि देशमा राम्रो हुदैछ, विकास हुदैन भन्ने कुराको आभाष गराउन सक्नुपर्छ । यसआधारमा हाम्रो अगाडि निकै ठूलो चुनौती छ ।’

उनले कांग्रेसले देशलाई नयाँ नेतृत्व दिन सक्नुपर्ने बताए । ‘अहिलेको निर्वाचन परिणामलाई विश्लेषण गर्दै यदि नेपाली कांग्रेसले यो देशलाई नयाँ नेतृत्व दिने हो भने त्यसले हाम्रो पार्टीलाई मात्रै होइन, आमजनतालाई पनि थप विश्वस्त बनाउँछ, यो देशभरिका मतदाताले व्यक्त गर्नुभएको विचार हो भन्ने ठानेको छु,’ उनले भने, ‘जो नेपाली कांग्रेसबाट चुनाव जितेर आउदै हुनुहुन्छ, तपाईलाई तपाईका मतदाताले मतमात्रै दिनुभएको छैन, मन पनि दिएर पठाउनुभएको छ । तपाईको मतदाताले के चाहान्छ रु मनन् गरेर, सोधेर आउनुहोला भन्न चाहान्छु ।’

काठमाडौं–४ बाट तेस्रो पटक चुनाव जितेका थापाले आफूलाई मतदाताले गरेको विश्वासमा आँच आउन नदिने बताए । ‘जुन विश्वासको साथमा यो पटक मलाई निर्वाचित गराउनुभएको छ, त्यो विश्वासलाई कही कतै ठेस लाग्न दिदिनँ, इमान्दारितापुर्वक आफ्नो जिम्मेवारीलाई पूरा गर्छु,’ उनले भनेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार