२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन -२०७९

प्रमुख आयुक्त थपिलयाले भने  : " ८ दिनभित्रमा मतगणना सम्पन्‍न गर्छौं " 

आइतवार , मंसिर ४, २०७९


काठमाडौँ,  मंसिर ।  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्रमा मतगणना सम्पन्न गर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि साँझ आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले ८ दिनभित्रमा निर्वाचनको नतिजा सार्वजिन गरिसक्ने बताएका हुन् ।
यस्तै उनले चार प्रकारको मतपत्रको गणना पनि एकैपटक हुने बताए । उनले भने, '८ दिनभित्र हामी मत परिणाम सार्वजनिक गर्छौं । चारै प्रकारको मतपत्रको गणना एकैपटक गर्छौं । '
आयोगको प्रारम्भिक अनुमान अनुसार देशभरबाट करिब ६१ प्रतिशत मात्रै मतदान भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार