२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

निर्वाचन आयोगले  भन्यो : " देशभर करिब ६१ प्रतिशत मत खस्यो "

आइतवार , मंसिर ४, २०७९


काठमाडौँ,   मंसिर  ।   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको हो निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले पत्रकार सम्मेलन गर्दै भने, ' यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।' २०७४ सालको प्रतिनिधिसभातर्फको ६७।६३ प्रतिशत मत खसेको थियो ।
महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६।८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । 
स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७।६९ प्रतिशत, बाग्मतीमा ६४।१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार