म शून्य
भएर बाँच्न चाहन्थे
तर मेरो वरिपरि
अंकहरु आएर बसिदिए
पछी नाई भन्न सकिन
ठ्याक्कै मान्छेको जीवन
जस्तो एक मान्छे
चाहेर पनि नचाहेर पनि
निभाउनुपर्ने
म जस्तै कहिले
एक प्रयोग हुन्छु
अली सानो अंक बन्छ
कहिले धेरै प्रयोग हुन्छु
ठूलो अंक बन्छ
महत्त्व पनि ठूलै हुन्छ
जस्तो कि सानो मान्छेले
ठूलो मान्छेसग संगत गर्दा
ठूलो मान्छेको नाम
जोडिएर आए जस्तो
आखिर मेहेनत त सानोको थियो
तर नाम ठूलोसगै जोडिएर आइदिन्छ
आखिर म त शून्य नै हुँ
एक्लै उभिएर हेर्छु
कहिलेकाही कसैले वास्ता गर्दैनन्
लाग्छ म एक्लै उभिनुको अर्थ छैन
सबैको नजरमा पर्न
मैले कसैसंग जोडिनैपर्छ
अनी,
मान्छेलाई सम्झन्छु
मान्छे पनि त एक्लै पूर्ण छैन
उस्ले पूर्ण हुन कसैको साथ खोज्छ
कसैको हात रोज्छ
अनी,
यिनै साथ र हातले बाँंच्नुको मजा लिल्छ
एउटै जस्तो लाग्छ मान्छे
अनि म म अरुसंग जोडिएर
आफूले पूर्णता पाएको जस्तो
लाग्छ मान्छेले
सम्बन्धहरुसंग जोडीएर
आफूलाई पूर्ण भएको आभास गर्छ
तरपनि,
एक्लै अस्तित्व खोजी रहेको हुन्छ
त्यसैले हामी अरुसंग जोडीएर पनि
एक्लैको अस्तित्व खोजी रहेछौँ
थाहा छैन,
यो अस्तित्वको खोजीमा
आफूलाई स्थापित गराउँछौँ
दुवाकोट,भक्तपुर