२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अक्टोबरमा श्रीलङ्कामा ४२ हजार भन्दा बढी पर्यटक आए

मंगलवार , कार्तिक १५, २०७९

कोलम्बो,कात्तिक।श्रीलङ्कामा अक्टोबर महिनामा ४२ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । योसँगै यस वर्ष हालसम्मको कूल पर्यटकको सङ्ख्या पाँच लाख ६८ हजार नाघेको देशको पर्यटन प्राधिकरणको तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको छ ।

पर्यटनमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने दक्षिण एसियाली देश श्रीलङ्काले सन् २०२० सम्ममा कम्तीमा १० लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको पर्यटन विकास प्राधिकरणले जनाएको छ ।

यदि यो सफल भयो भने श्रीलङ्काले पर्यटन क्षेत्रबाट १।८ अर्ब अमेरिकी डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ । पर्यटन मन्त्री हरिन फर्नान्डले फिफा विश्वकपका लागि कतार जानेहरूका लागि कोलम्बोलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले काम भइरहेको बताएका छन् ।सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार