२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल संवत् ११४३ कार्यक्रम

शुभकामना दिदै प्रधानमन्त्री देउवाले भने : 'नेपाल संवत्को महत्वलाई उजागर गर्न जरुरी '  

“नेपालको सामाजिक इतिहासलाई उच्च राख्ने शङ्खधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ ”

बुधवार , कार्तिक ९, २०७९

र्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको  प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन । 
नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताए । 
प्रधानमन्त्री देउवाले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिकस्तर वृद्धि गर्न र जनतालाई सुखी एवम् स्वतन्त्र तुल्याउन शङ्खधर साख्वाःले गर्नुभएको कामबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिएका छन ।  
उनले भने, “शङ्खधर साख्वाःले देखाउनुभएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न सके मुलुकबाट गरिबी, आर्थिक असमानता र विपन्नता चाँडै नै अन्त्य गर्न सकिने कुरामा दुईमत छैन । नेपालको सामाजिक इतिहासलाई उच्च राख्ने शङ्खधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ ।”

प्रधानमन्त्री देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्नसके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गरे । 
प्रधानमन्त्री देउवाले न्हूदँको अवसरमा हरेक वर्ष काठमाडौँको वसन्तपुरमा आयोजना गरिने बृहत सांस्कृतिक ¥याली कार्यक्रमबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानलाई प्रचार–प्रसार हुनुका साथै नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता, सांस्कृतिक महत्वका विविध पक्षलाई आम नागरिकसमक्ष पु¥याउन गरिएका प्रयास प्रशंसनीय रहेको बताएका छन ।  
उनले आगामी दिनमा पनि राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा थप रचनात्मक कार्य गर्दै जानुपर्नेमा जोड दिए । 
उनले विस २०४६ र २०६२÷६३ को जनआन्दोलनको सफलतासँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेपश्चात हालका दिनमा यसको प्रयोगले व्यापकता लिँदै गएको बताए । 
प्रधानमन्त्री देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको राष्ट्रियताको भावना, देशप्रेम र उनले नेपाली समाजमा पु¥याउनुभएको योगदानको कदर गर्दै नेपाल संवत्को प्रवद्र्धनमा भूमिका खेल्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गरे । 
साथै, उनले साख्वाःको योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिक माझ पु¥याएर सकारात्मक सन्देशको प्रवाह गर्ने कार्यमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थाका उर्जावान प्रतिनिधिलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे । 
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको उत्पतिस्थलको जगेर्नाका साथै उहाँको पहिचान र गौरबलाई स्थापित गरिनुपर्नेमा जोड दिए । 
समारोह समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यले राष्ट्रिय मान्यता पाएको घोषणा गरिएको नेपाल संवत्लाई व्यवहारिक कार्यान्वयन गरिनुपर्ने बताएक ।  उनले नेपाली मुद्रा र नोटमा नेपाल संवत् लेखिनुपर्ने, नेपाल संवत् प्रतिष्ठान स्थापना गरिनुपर्ने लगायत माग अघि सारेका थिए । 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, महानगरका उप–प्रमुख सुनिता ढङ्गोललगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
त्यसअघि बिहान नेपाल संवत्को उपलक्ष्यमा उपत्यकाका विभिन्न सहरबाट सांस्कृतिक बाजा गाँजासहित निकालिएको ¥याली वसन्तपुर दरवार क्षेत्रमा पुगेर कार्यक्रममा परिणत भएको थियो । नेपाली जनताको ऋण मोचन गरेर जनसाधारणले सञ्चालन गरेको मानिने नेपाल संवत्को नयाँ वर्षको अवसरमा विविध कार्यक्रमका साथ मनाइएको छ । 
नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःले ११४३ पूर्व जनताको ऋण मोचन गरी यो सम्वत् प्रचलनमा ल्याउनुभएको थियो । नेस १९२९ मा यो संवत्लाई राष्ट्रिय सम्वत्को औपचारिक मान्यता प्रदान गरी घोषण गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार