२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

वरिष्ठ नेता पौडेलले भने : 'देशलाई नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ'  

मंगलवार , आश्विन ११, २०७९


काठमाडौँ, असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रूपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताएका छन । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताए ।  

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे ।  तनहुँलाई नेपालभरको नमूना जिल्लाको रूपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले बताए । “जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ । 
विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभई जिल्लाको सर्वाङ्गिण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो । जिल्लाले विकासको काँचुली फेर्ने अवस्थापमा रहेको छ”, वरिष्ठ नेता पौडेलले थपे,  “स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागि रहेका छौँ ।”
सबै ग्रामीण क्षेत्रमा सडक पु¥याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उनले बताए ।  खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उहाँले बताए ।  
विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उनले बताए  खेलको विकासका लागि देशले सदैव सहयोग गर्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार