२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा एकीकृत समाजवादी

अध्यक्ष नेपालकाे खुलाशा : " इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ "  

शनिवार , भाद्र १८, २०७९

 
मोरङ,  भदौ  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन । 
पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन ।  गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले बताए । विगतमा गठबन्धन दलहरुका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने अध्यक्ष नेपालको धारणा थियो । 

अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि फलदायी हुने बताएका छन ।  “सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास छ”, उनले भने । 
अध्यक्ष नेपालले विगतमा नेकपा (एमाले) ले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश अनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार