२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन

महामन्त्री शर्मा : ' झापा–१ बाट संघीय सदस्य पदको सर्वसम्मत उम्मेद्वार सिफारिस'  

बिहिवार , भाद्र १६, २०७९


झापा,  भदौ   ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार सिफारिस भएका छन । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको  नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिएका छन । 

आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । “झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी  थिए । सबैले उनलाई समर्थन जनाएका छन ।”, उनले  बताए । 

मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार  भएका थिए ।  यसैगरी नेपाली कांग्रेसले झापा–१ को ‘प्रदेश (क) का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ ।
‘प्रदेश (ख) का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि  उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार