२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

सहमहामन्त्री आङदेम्बेले भने : "सङ्घीय र प्रदेशसभा निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ" 

शनिवार , भाद्र ११, २०७९

फिदिम, भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन । 
गृहजिल्ला पाँचथर आइपुग्नुभएका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  उनले भने, 'गठबन्धनमा आवद्ध दलबीच सिटको भागवण्डाबारे छलफल चलिरहेको छ ।' 
एउटा मात्र निर्वाचन क्षेत्र भएकाले  आफू सङ्घीय उम्मेदवार बन्ने उनले बताउदै भने, 'पटक–पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरुप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक छ ।' 
सहमहामन्त्री आङदेम्बको भनाइ छ,  “स्थायी सरकार बनेर नागरिकको काम गर्नका निम्ति पनि अहिलेको गठबन्धनलाई  निरन्तरता दिनुको विकल्प छैन । ”  कार्यक्रममा कांग्रेस  केन्द्रीय सदस्य प्रदीपकुमार सुनवार, प्रदेश नं १ समिति सदस्य उत्तम चौलागाईँलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार