२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता गठबन्धन बैठक बस्दै

'नागरिकता बिधेयक र प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गरिदै'

बिहिवार , भाद्र २, २०७९



काठमाडौँ, भदौ ।  सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड र संसद‍्बाट नागरिकता विधेयक पारित गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 
दलहरुले निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरे पनि त्यसका लागि बनेको कार्यदलले अहिलेसम्म सिट बाँडफाँडको खाका तय गर्न  बिहीबारको बैठकमा कार्यदलका संयोजन कृष्णप्रसाद सिटौलाले कार्यदलमा भएको छलफलको विषय र प्रगतिबारे नेताहरुलाई जानकारी गराउने र त्यसबारे दलभित्र आन्तरिक छलफलपछि मात्रै निष्कर्षमा पुग्ने कार्यदलको तयारी छ ।

गठबन्धनले साउन २० मा सिटौला नेतृत्वमा पाँच दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदलले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीको परिणाम र स्थानीय तह निर्वाचन २०७९ को परिणामलाई आधार मानेर सिट बाँडफाँड गर्ने समझदारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार