२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

पछिल्लो २४ घण्टा : 'थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त '

बुधवार , भाद्र १, २०७९

 

काठमाडौँ , भदाै  ।

नेपालमा २४ घण्टामा ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ८७६ पीसीआर परीक्षणमा ५३१ र २ हजार ५०७ एन्टीजेन परीक्षणमा ३२१ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा जम्मा ६ हजार ३८३ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या ३२८ रहेको छ ।

बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । २४ घण्टामा १ लाख ८९ हजार ७६७ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार