२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा माओवादी केन्द्र  बैठक

प्रवक्ता महराले भने : ' पार्टी पदाधिकारीबारे छलफल हुँदै , टुंगो आजको बैठकले लगाउने ' 

बुधवार , भाद्र १, २०७९


काठमाडौँ, भदौ ।  नेकपा (माओवादी केन्द्र)  स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा भएका छलफलबारे उनले थपे, पार्टी पदाधिकारीको भने बिहीबार टुंगो लगाउने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको  थियो । आज, बिहीबार,  बस्ने बैठकले संगठनसम्बन्धी विषय टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन ।
उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा करिब- करिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटी बैठकले टुंगो लगाउने जानकारी दिएका छन । 
आज स्थायी कमिटी बैठक बस्यो । हामी एउटा एजेन्डामा केन्द्रित रह्यौं, संगठनसम्बन्धी । केन्द्रीय कमिटी, पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु, स्थायी कमिटीमा थप्नुपर्ने साथीहरु र पदाधिकारीजस्ता सबै विषयमा विस्तृत छलफल भयो । करिब- करिब हामी टुंगोमा पुगेका छौं । भोलि बिहान ८ बजे अन्तिम टुंगोमा पुग्नेछौं, उनले भने ।माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

माओवादीले गत पुस महिनामा ८औं महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारीलाई पूर्णता दिन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार