२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ 

पछिल्लो २४ घण्टा  : 'देशभर थप  ८४८  कोरोना सङ्क्रमित थपिए'

मंगलवार , श्रावण ३१, २०७९


काठमाडौँ, साउन । कोरोना भाइरसको सङ्क्रमण आज ८४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार ६१९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार  २५९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई  ५२६ घर फर्किएका छन् । 
यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौसय ९० को सङ्क्रमणबाट निधन भएको छ ।
 पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला रहेका छन् ।

यस्तै होम आइसोलेसनमा पाँच हजार ६२, संस्थागत आइसोलेसनमा  ९७, सघन उपचार कक्ष (आइसियु) मा ६८ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ९ हजार  ४४७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार