२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विगत २४ घण्टा : 'देशभर ४३८ जनामा कोरोना सङ्क्रमण'

शनिवार , श्रावण १४, २०७९



काठमाडौँ, साउन । आज ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार ६९९ जनामा गरिएको परीक्षणमध्ये  ४३८ मा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३६९ रहेको छ । विगत २४ घण्टामा २७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार  ९६६ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी सङ्क्रमित रहेका छन् । 

यस्तै मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा चार हजार  २१८, संस्थागत आइसोलेशनमा  १५१ र सघन उपचारकक्ष (आइसीयू) मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा ५८ हजार  ५५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार