२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

पछिल्लो २४ घण्टा : ' देशभर थप ६३८ कोरोना संक्रमित, २ जनाको मृत्यु, २१८ निको '

मंगलवार , श्रावण १०, २०७९

काठमाडौँ, साउन ।   पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ कोरोना संक्रमित भएका छन् । २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांक अनुसार ५ हजार ५५ नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार २१५ पीसीआरमा ४०० र २ हजार ८४० एन्टीजेन परीक्षणमा २३८ जना संक्रमित फेला परेका छन् । 

 

सोमबार ५६८ जना संक्रमित फेला परेका थिए ।

२४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । साउनयता कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा २ लाख ५७ हजार ८७८ जनाले खोप लगाएका छन् ।

काठमाडौं उपत्यकामा भने मंगलबार अघिल्लो दिनको तुलनामा केही कम संक्रमित देखिएका छन् । तथ्यांक अनुसार काठमाडौं १६५, भक्तपुरमा ६ र भक्तपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौंमा २४२, ललितपुरमा ३६ र भक्तपुरमा १७ संक्रमित थिए ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार