२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

२४ घण्टामा :थप ३३५ जनामा सङ्क्रमण पुष्टि

शनिवार , श्रावण ७, २०७९

काठमाडौँ, साउन । पछिल्ला दिन कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । आज दुई हजार ९९६ नमूनाको परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ छ । काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय सङ्क्रमित छन् ।

सङ्क्रमितमध्ये दुई हजार ८३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन र २५ जना आइसीयूमा उपचाररत छन् । मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । आज दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार