२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

सोमवार , फाल्गुण ५, २०७६

काठमाडौं, फागुन । लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँको  बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।  कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ। 

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी विनोद सिलवालले जानकारी दिए । गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताइएको छ ।

गुरुङमाथि शनिबार साँझ केही अपपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए । सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएक्री छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार