काठमाडौँ, असार । देशभर पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ४६७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ७६२ पुगेको छ ।
एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ४९९ रहेको छ । पछिल्लो समय थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४९६ पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा यस रोगको सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।
त्यसैगरी पछिल्लो समय ८७ हजार २३५ जनाले खोप लगाइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३१४ रहेको छ । होमआइसोलेशनमा ३०७ र संस्थागत आइसोलेशनमा सात र आइसीयूमा चार जनाले उपचार गराइरहेको छन् ।